Siddhicharan Municipality Home / Directory
Siddhicharan Municipality
Okhaldhunga
Government
Address Okhaldhunga
Email 2 padam@siddhicharanmun.gov.np
Toll Free Number 1660-37-52010

पिता विष्णुचरण श्रेष्ठ आफ्नी पत्नी कुमारी श्रेष्ठका साथ तत्कालीन माल अड्डाका जागिरे भई यहाँ आएको अवस्थामा युगकवि सिद्धिचरण श्रेष्ठको वि.सं १९६८ साल जेठ ९ गतेका दिन (साविक ओखलढुङ्गा गा.वि.स. वडा नं. ६ हाल सिद्धिचरण गरपालिकाको वडा नं. १२  मा) जन्म भएको थियो उनी जन्मिएको सो स्थानको कि.नं. ३५ क्षेत्रफल ०–८–०–२ को जग्गा समेत हालसम्म उनकै नाममा नापी दर्ता कायम रहेको छ ।

 

तत्कालीन श्री ५ पृथ्वी नारायण शाहको एकीकरण अभियान पछि भीमसेन थापाको प्रशासनिक विभाजन अन्तर्गत ३२ जिल्ला मध्ये पूर्व ३ नं. को जिल्ला हालको ओखलढुंगा सदरमुकाममा पर्दथ्यो र वि.सं. २०१८ सालको प्रशासनिक विभाजन पूर्व हालको सोलुखुम्वू र खोटाङ्ग दिक्तेल जिल्ला समेत पूर्व नं. ३ ओखलढुंगामै पर्दथे ।

 

किम्वदन्ति अनुसार १७ औं शताव्दीतिर काठमाण्डौका मल्ल राजा लक्ष्मीनरसिंह मल्लको पालामा तत्कालीन राज्यको पूर्वीक्षेत्रको रक्षार्थ काजी भीम मल्लको नेतृत्वमा आएको सेनाले साविक ओखलढुङ्गा गा.वि.स. वडा नं.६ हाल सिद्धिचरण नगरपालिकाको वडा नं. १२  स्थित ओखल आकारको खोपिल्टोमा धान कुटी भात पकाएर खाएका थिए । सोही आधारमा यस ठाँउको नाम ओख्लीढुङ्गा भनिने गरिएकोमा पछि आएर यसलाई सुधारी ओखलढुङ्गा भनिएको र सोही ऐतिहासिक स्थानको आधारमा यस जिल्लाको नाम ओखलढुङ्गा रहन गएको हो भन्ने किम्वदन्ती रही आएको छ ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.