Simta Rural Municipality Home / Directory
Simta Rural Municipality
Rakam
Government
Office Info
Address Rakam
Website simtamun.gov.np
Email 2 ito.simtamun@gmail.com

सुर्खेत जिल्लाको पूर्वि उत्तर क्षेत्रमा पर्ने सिम्ता गाउँपालिका साबिकको घोरेटा, काफलकोट, आग्रीगाउँ, बजेडिचौर, राकम, काप्रिचौर, डाँडाखाली र खानीखोला गरी आठ वटा गाउँ विकास समिति मिलेर बनेको गाउँपालिका हो। सिम्ता गाउँपालिकालाई नौ वटा वडामा बिभाजन गरिएको छ। पुरानो घोरेटा गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं १ कायम गरिएको छ। काफलकोट गाउँ विकास समितिका १ देखि ९ वडाहरुलाई सिम्ता गाउँपालिकाको वडा नं २ र आग्रीगाउँ गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ३ कायम गरिएको छ। त्यसैगरी बजेडिचौर गाउँ विकास समितिका वडा नं ५ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ४ र वडा नं १ देखि ४ लाई सिम्ता गाउँपालिकाको वडा नं ५ कायम गरियको छ। राकम गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ६ र काप्रिचौर गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ७, डाँडाखाली गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ८ र खानीखोला गाउँ विकास समितिका वडा नं १ देखि ९ लाई सिम्ता गाउँपालिकाको वडा नं ९ कायम गरिइको छ । यस गाउँपालिकाको केन्द्र साबिक बजेडिचौर गाउँ विकास समितिको कार्यालयलाई कायम गरिएको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर देखि १९ कोष पूर्वमा अवस्थित यो गाउँपालिका जिल्लाको निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलानात्मक रुपमा उत्तर दक्षिण फैलिएको गोलो आकृती भएको यो गाउँपालिकाको अक्षांश २८ ६४' उत्तर सम्म र देशान्नतर ८१ ८६' पूर्व सम्म फैलिएको छ । सिम्ता गाउँपालिकाका अधिकांश खेतियोग्य जमिनहरु आकाशे पानीमा आधारित छन । सिंचाईको प्रयाप्तता छैन । यस गाउँपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार २५, ८४५ रहेको छ । 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.