Siraha Municipality Home / Directory
Siraha Municipality
Siraha-01
Government
Office Info
Address Siraha-01
Fax 033-520205

सिरहा नगरपालिका पूर्वी तराईको सिरहा जिल्लाको दक्षिन भागमा अवस्थित छ । भौगोलिक हिसाबमा २६ डिग्री ३९ मिनेट १७ सेकेन्ड उत्तरदेखि २६ डिग्री ४२ मिनेट ५३ सेकेन्ड उत्तरी अक्षांश र ८६ डिग्री १२ मिनेट १९ सेकेन्ड पुर्व देखि ८६ डिग्री १६ मिनेट १७ सेकेन्ड पूर्वी देशान्तरमा फैलिएको छ । कुल क्षेत्रफल ९४.२ व.कि.मी. रहेको यस नगरपालिका सामुन्द्रिक सतह देखी करिब १०० मिटरको उचाईमा आवस्थित रहेको छ ।

सिरहा जिल्लाको सदरमुकाम रहेको सिरहा नगरपालिकामा २२ वटा वडा रहेका छन् । यो नगरपालिका स्थानीय तह पुन: संरचनाका क्रममा वि. स. २०७३ सालमा साविक सिरहा नगरपालिका, लगादिगदियानी गाविस, लक्षिमिनिया गाविस, सन्हैठा गाविस, लगादिगोठ गाविस, र हक्परा गाविस मिलेर बनेको हो । यो क्षेत्र संघिय संसद्को निर्वाचन प्रयोजनका लागि तय भएको ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ न. क्षेत्र र प्रदेश सभाका लागि ३ (ख) अन्तर्गत रहेको छ । यस नगरपालिकाको पूर्वमा औरही गाउँपालिका र अर्नामा गाउँपालिका रहेको छ भने दक्षिणमा मित्र राष्ट्र भारतको बिहार प्रान्तको मधुवनी जिल्ला, पश्चिममा कमला नदी, र उत्तरमा कल्याणपुर नगरपालिका र बिष्णुपुर नगरपालिका रहेको छ ।

ऐतिहासिक हिसाबले यस स्थानको नाम ''सिरहा” रहेको सम्वन्धमा विभिन्न किंबदन्ती तथा भनाईहरु रहेका छन् । धेरै वर्ष पहिले यहाँका राजा “सल्हेस” ज्यादै आदर्श ब्यक्तित्व भएका र सवैलाई सहयोग गर्ने, र सहारा (आश्रय) दिने भएकाले भारतबाट ब्यापार गर्न आउने ब्यापारीहरु जङ्गलै जङ्गल भएको यस ठाँउलाई ”सहारा” भन्दा भन्दै अपभ्रंस भएर ”सिरहा” भएको एउटा किंबदन्ती रहेको छ । यस्तै अर्को किम्वदन्ती अनुसार यस ठाँउमा जङ्गल भएको र स्थानीय भाषामा रुखका जरालाई ”शिर” भनिने हुँदा जरै जरा भएको ठाँउलाई ”शिर” (शिरा) भन्दाभन्दै अपभ्रंश भएर ”सिरहा” भएको भन्ने भनाई पनि रहेको छ ।

नेपाल अधिराज्यकै दोश्रो विद्यालयको रुपमा वि.सं. १९७२ (सन् १९५५) मा राणा प्रधानमन्त्री चन्द्रशमशेरले सिरहामा ”चन्द्र मिडिल स्कूल” खोलेका थिए, जुन अहिले चन्द्र माध्यमिक विद्यालयको नामबाट निरन्तर रुपमा माध्यामिक तहको शिक्षा उपलव्ध गराउँदै आएको छ । 

 

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.