सिरानचोक गाँउपालिका नेपालको प्रशासनिक विभाजन अनुसार गोरखा जिल्ला र गण्डकी प्रदेशमा पर्दछ l भौगोलिक रुपमा २८००'४४.३८" देखि २८०९'३०.९७" अक्षांश र ८४०३०'४०.६१" देखि ८४०३९'५८.९९" देशान्तर र समुन्द्रि सतहबाट ४३४ मि.को उचाई देखि १९७३ मि.को उचाई सम्म फैलिएको यो गाँउपालिका पहाडि भू-बनोट भएको गाउँपालिका हो l सिरानचोक गाउँपालिका गण्डकी प्रदेशमा अवस्थित गोरखा जिल्लाको मध्यभागको उच्च पहाडि भागमा अवस्थित छ l प्रशासकीय हिसाबमा यस गाउँपालिका तत्कालिन ७ वटा गाउँ विकास समिति (केरावारी, थालाजुङ, साविक छोप्राक, हर्मी, गाँखु, श्रीनाथकोट र जौवारी) समावेश गरिएको छ l
भौगोलिक अवस्थिति
नेपालको मानचित्रमा गाउँपालिकाको स्थिति :
प्रदेश : गण्डकी जिल्ला : गोरखा पालिका : सिरानचोक गाउँपालिका वडा संख्या : ८ पुर्व : अजिरकोट र बारपाक सुलिकोट गाउँपालिका पश्चिम : पालुङ्गटार नगरपालिका उत्तर : राईनास नगरपालिका र दुधपोखरी गाउँपालिका दक्षिण : भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिका क्षेत्रफल : १२१.६६ वर्ग कि.मि उचाइ : ४३४ मि. देखि १९७३ मि. सम्म औसत लम्वाई : १४ कि.मि औसत चौडाई : १६ कि.मि जनसंख्या ः १९,७१९ जनघनत्व ः १६२ कुल परिवारहरु ः ५,९५८
ऐतिहासिक चिनारी तथा नामाकरण
ऐतिहासिक, पुरातात्विक गढी (जेठा कोट, माइला कोट, कान्छा कोट) एवं श्रीनाथ बाबा र श्रीनाथ मण्डली, जोगी गुफा भन्ने स्थानमा रहेको महादेव शिवालय समेत रहेको सिरानचोक गाँउपालिकाको नामाकरण सम्बन्धमा विभिन्न भनाईहरु रहेका छन् जसमध्ये एउटा प्रचलित भनाई अनुसार सिरानचोकको पुरानो नाम स्यार्तन हो l स्यार्तनको अर्थ सबैको प्रिय अग्लो डाँडा भन्ने हुन्छ l वरिपरिका डाँडाहरु मध्ये, गोरखा देखि सबै भन्दा नजिकको अग्लो डाँडाको रुपमा चिनिने यस क्षेत्र नेपाल एकिकरणको प्रारम्भिक स्थान र तत्कालिन अवस्थामा गोरखा राज्यको वाइसे चौविसे राज्यहरुको आक्रमण बाट बच्न र उनीहरु सँग लडाई गर्ने रक्षा किल्लाको रुपमा परिचित छ l वडाकाजी अम्मर सिंह थापाको बुबा बाघ भिमसेन (भिमसिंह) थापाले समेत नेतृत्व गरेको किल्लाको रुपमा परिचित भएता पनि गोरखा राज्यको निर्माणको क्रममा वि.सं. १६१६ देखि १८३७ सम्म विभिन्न पटक चौविसे राज्यहरुसँग लडाई भएको गढी सिरानचोक गढीमा अन्तिम पटक वडाकाजी अम्मर सिंह थापाको नेतृत्वमा चौविसे राज्यहरुलाई पराजित गरी गोरखा राज्यको सिमाना चेपे र मर्स्याङदी नदीको किनार पार गरी अगाडी बढेको ईतिहासमा पाइन्छ l बाघ भिमसेन थापा र वडाकाजी अम्मर सिंह थापाको जन्मस्थल सिरानचोकमा नै रहेको देखिन्छ र तत्कालिन गोरखा राज्यका सेना झागल गुरुङको जन्म स्थल समेत सिरानचोक हो भन्ने भनाई रहेको छ l त्यसैले यस गाँउपालिकाको नामाकरण ऐतिहासिक नामाकरण भएको हो l श्रीनाथकोटमा शिर रहेको सिरानचोक डाँडाले तत्कालिन, थालाजुङ, साविक छोप्राक, गाँखु, श्रीनाथकोट र जौबारी गाँउ विकास समितिको सँगम स्थल रहेको भू-भाग हो l
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.