Sisne Rural Municipality Home / Directory
Sisne Rural Municipality
Government
Office Info
Address Not available
Website sisnemun.gov.np

नेपालको संविधानको धारा २९५ को उपधारा (३) बमोजिम कायम भएका गाउँपालिका, नगरपालिका र संविधान बमोजिमका जिल्लासभामा निर्वाचित जनप्रतिनिधि बहाल नभएसम्म तत् तत् स्थानीय तहबाट सेवा प्रवाहलाई निरन्तरता दिनुपर्ने हुँदा नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७३ फागुन ९ गतेको निर्णयअनुसार स्थानीय तहको सञ्चालन तथा व्यवस्थापनका लागि गाउँपालिका र नगरपालिकाको संख्या र सिमाना कायम भएको मिति (२०७३/११/२७) देखि लागु हुनेगरी २०७३/११/२४ मा जारी भएको ‘स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३’ बमोजिम स्थापित देशका ७५३ स्थानीय तहमध्ये एक हो सिस्ने गाउँपालिका।रुकुम जिल्लाका साविकका सिस्ने, प्वाङ, पोखरा, रुकुमकोट र स्यालापाखा गरी ५ गाविस समावेश भई यो गाउँपालिका बनेको छ।८ वडा रहेको यो गाउँपालिका ३२७.१२ वर्ग कि. मि. क्षेत्रफलमा फैलिएको छ।२१,७४३ जनसंख्या रहेको यस गाउँपालिकाको पूर्वमा पुथा उत्तरगंगा गाउँपालिका, उत्तरमा डोल्पा जिल्ला, पश्चिममा आठबीसकोट, मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिका पर्छ भने दक्षिणमा भूमे गाउँपालिका पर्दछ।हाल गाउँपालिकाको केन्द्रको रुपमा साविकको रुकुमकोट गाविस कार्यालय रहेको ठाउँमा गाउँसभाहल लिएर आफ्ना कार्यालयसम्बन्धी कामहरु सञ्चालन भइरहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.