राज्यको पुर्नसंरचनासँगै नेपालको संविधान २०७२ को धारा २९५ को उपधारा (३) बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संक्षिप्त वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३/११/२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गा.वि.स.हरु (चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा) लाई समावेश गरी जम्मा ७ वडा कायम गरी सियारी गाउँपालिका घोषणा गरिएको थियो ।
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देही जिल्लाका साविकका ५ वटा गा.वि.स.हरु (चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमवा) मिलेर २०७३/११/२२ मा स्थापना भएको सियारी गाउँपालिका सुन्दरता र सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो गाउँपालिका लुम्विनी प्रदेश रुपन्देही जिल्लाको वीच भाग भएर वग्ने सियारी नदीको नामवाट नामाकरण गरिएको हो ।
भौगोलिक हिसावले ८२ डिग्री २० मिनेट देखि ८२ डिग्री २८ मिनेट पुर्व देशान्तर र २७ डिग्री ३१ मिनेट देखि २७ डिग्री ३० मिनेट उत्तरी आकंक्षामा फैलिएको यो गाउँपालिका समुद्र सतहदेखि १०० देखि १२७ मीटर सम्म उचाईमा अवस्थित छ । पूर्वमा तिनाउँ नदी र ओमसतिया गाउँपालिका, पश्चिममा दानव नदी, र गैडहवा गाँउपालिका, उत्तरी सिमामा शुद्धोधन गाउँपालिका र तिलोत्तमा नगरपालिका र दक्षिणमा मायादेवी गाँउपालिका सीमाना रहेको सियारी गाउँपालिकाको कूल क्षेत्रफल ६६.१७ वर्ग किलोमिटर रहेको छ भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ ।
२०७८ सालको जनगणना अनुसार सियारी गाउँपालिकाको कुल जनसंख्या ४४ हजार ९ सय ८५ रहेको छ। सामाजिक, सास्कृतिक, प्राकृतिक, जैविक विविधताले भरिपूर्ण रहेको यस गाउँपालिकामा व्राम्हण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ्ग, यादव लगायत बिभिन्न प्रकारका जातीहरुको वसोवास रहेको छ भने नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथली जस्ता बिभिन्न भाषाहरु यस क्षेत्रमा वसोवास गर्ने मानिसहरुको मातृ भाषा रहेको छ । यो गाउँपालिकामा फरक फरक जातजाती, धर्मसस्कृती र भेषभुषा भएपनि विविधता वीचको साझा वन्दन र आपसि सहिष्णुताले गर्दा अनेकतामा एकताको अनुकरणीय नमुनाको रुपमा स्थापित भएको छ ।
Showing the latest 12 of 39 notices.
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.