Sunawarshi Municipality Home / Directory
Sunawarshi Municipality
Dainiya
Government
Office Info
Address Dainiya

मोरङ्ग जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ३० किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित सुनवर्षी नगरपालिकालाई नेपाल सरकारको मिति २०७३/११/२७ गतेको निर्णयानुसार साविकका अमरदह गाविस, डाइनिया गाविस र आंसिक रुपमा गोविन्दपुरको वडा नं २,५,६,८,९, रंगेली न.पाको ९,१०,११ र वरडंगाको गाविसको २,३,६,८,९ समावेश गरी सुनवर्षी नगरपालिकाको रुपमा घोषणा भएको हो। यस सुनवर्षी नगरपालिकाको नामाकरण प्रसिद्ध सुनवर्षी मजाराज थानको नामबाट गरिएको छ । यस नगरपालिकाको कार्यालय डाईनियामा राखिएको छ।

 

२०७३/११/२७ गते स्थापना भएको सुनवर्षी नगरपालिकाको पूर्वमा यसै जिल्लाको रतुवामाई न.पा, पश्‍चिममा रंगेली न.पा र कानेपोखरी गाउँपालिका, उत्तरमा पथरी शनिश्‍चरे न.पा र दक्षिणमा भारतीय बोर्डरसँग सिमाना जोडिएको छ भने यस नगरपालिकाको कुल क्षेत्रफल १०६.४ वर्ग कि.मि रहेको छ। यस नगरपालिकालाई जम्मा ९ वटा वडाहरुमा विभाजन गरिएको छ भने यस नगरपालिकाको कुल जनसंख्या ५६०३४ रहेको छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.