सुस्ता गाउँपालिका नेपालको पछिल्लो प्रशासनिक विभाजन अनुसार लुम्बिनी प्रदेश अन्तर्गत नवलपरासी (पश्चिम) जिल्लाका ७ स्थानीय तहहरूमध्ये एक पर्दछ । सुस्ता गाउँपालिका भौगोलिक हिसाबले ८३.८१२ देखि ८३.४८’४३.३०” देखी ८३.५४’१८.९५” सम्म पूर्वी देशान्तर र २७.०’४९.२०” देखि २७.३१’३.७४” सम्म उत्तरी अक्षांशसम्म फैलिएर प्राकृतिक मनोरम संरचना सहित होचो भू–भागदेखि चुरे पहाडी श्रृंखलामा अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ८८ मिटर देखि ८१५ मिटरको उचाइमा रहेको छ । ९६.५१ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस सुस्ता गाउँपालिकाको पूर्वमा विनयी त्रिवेणी गाउँपालिका र भारतको विहार राज्य, पश्चिममा प्रतापपुर गाउँपालिका र बर्दघाट नगरपालिका, उत्तरमा विनयी त्रिवेणी गाउँपालिका तथा दक्षिणमा भारतसँग सिमाना जोडिएको छ । गाउँपालिकाको अधिकांश भूभाग समथर रहेको छ । जल, जंगल, जमिन, जनावर र जडिबुटीको कमि नभएको यस गाउँपालिका सप्तगण्डकी अर्थात नारायणी नदी तथा यसमा मिसिन आउने चुरेबाट बग्ने ससाना खोलाहरूले गाउँपालिकालाई जल सतह कायम गर्न अग्रणी भूमिका खेलेका छन्। २.२ प्रशासनिक विभाजन तत्कालिन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको संयोजकत्वमा गठित समितिले मिति २०७३÷११÷२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहायबमोजिम साविकका गा.वि.स.हरू कुडिया, त्रिवेणी सुस्ता, रुपौलीया, नर्सही र पक्लीहवा समेटेर ५ वटा वडाहरू कायम गरी यो गाउँपालिकाको निर्माण गरिएको हो । हाल सुस्ता गाउँपालिकाको संरचना यस प्रकार रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.