Tadi Rural Municipality Home / Directory
Tadi Rural Municipality
Kharanitar
Government
Office Info
Address Kharanitar
Website tadimun.gov.np
Phone 2 9767231918
Email 2 info@tadimun.gov.np
नेपालको कुनै पनि अंचलको सिमाना तथा अन्तराष्ट्रिय सिमानालाई समेत नछुने र भौगोलिक बिभाजन अनुसार पहाडि प्रदेशमा अवस्थित तादी गाउँपालिका नेपालको मानचित्रको मध्यभागमा देखिन्छ । यो गाउँपालिका काठमाण्डौको उत्तर–पश्चिम दिशामा रहेको नुवाकोट जिल्लाको लगभग बिच भागमा रहेको सुन्दर गाउँपालीका हो । यो गाउँपालिका साबिकको ५ वटा गा. बि. स ( उर्लेनि, रालुका देबि, खरानीटार, सुन्दरादेबि, नर्जामण्डप) मिलाएर बनेको हो र यसको केन्द्र, साबिकको खरानीटार गा. बि. स मा रहेको छ । यस क्षेत्रमा सदावहार कञ्चन पानी बगिरहने प्रसिद्ध नदि तादिको नाम बाट यस गाउँपालिकाको नाम “तादि” नामांकरण गरिएको हो । ६ वटा वडा रहेको यस गाउँपालिकाको पुर्वमा दुप्चेश्वर गाउँपालिका, पश्चिममा सुर्यगढि गाउँपालिका, उत्तरमा रसुवा जिल्ला र दक्षिणमा पञ्चकन्या गाउँपालिका पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ६९.८० बर्ग कि.मि रहेको छ भने बि. सं २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १५९३३ ( पन्ध्र हजार नौ सय तेतिस) जना रहेको छ ।
 
प्राकृतिक रुपमा भौगोलिक तथा जैबिक बिबिधताले  भरिपुर्ण यस गाउँपालिकाको हावापानी, बन्यजन्तु, बनस्पति, मानबिय रहनसहन तथा संस्कार सामाजिक संरचना लगायतका बिषयहरुमा बिबिधता रहेको पाईन्छ । बिबिध संस्कृति र रितिरिवाजको धनि यस गाउँपालिकामा तमाङ समुदायको बाहुल्यता रहेको छ । यस गाउँपालिका क्षेत्रमा जनताको मुख्य पेशा कृषि नै भएता पनि अन्य बिभिन्न पेशा तथा ब्यवशायमा मानीसहरु संलग्न भएको पाईन्छ । जलस्रोत, कृषि उधोग, पर्यटन, शिक्षा, स्वास्थ्य, जस्ता क्षेत्र यस गाउँपालिकाको बिकासमा संभावना का क्षेत्रहरु हुन र यी क्षेत्रहरुको बिकाश मार्फत समृद्ध तादी निर्माणमा परिकल्पना समेत गरिएको छ ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.