बझाङ जिल्लाको पुर्वी तथा उत्तरी भागमा अवस्थित तलकोट गाउँपालिका सुगमताका हिसावले तुलनात्मकरुपमा अन्य गाउँपालिकाहरु भन्दा सुगम तथा जिल्ला सदरमुकामसँग जोडिएको गाउँपालिका हो । उच्च पहाडी जिल्लाको रुपमा रहेका बझाङ जिल्लाकै धरातलिय विशेषता झल्काउने यस गाउँपालिका साविककामेलबिसौना, दाँतोला, धमेना र सुुनिकोट गाविस मिलेर बनेको छ । यो गाउँपालिका हालको संघीय संरचनामा प्रदेश नं ७ अन्तर्गत पर्दछ । यो गाउँपालिका ३३५.२६ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको छ । यस परिच्छेदमा यहाँकोभौगोलिक अवस्थिति, ऐतिहासिक चिनारी तथा नामाकरण, राजनीतिक अवस्थिति, प्राकृतिक तथा साँस्कृतिक उत्कृष्टता, विकास संभावनाहरुलाई देहाय बमोजिमका शिर्षकहरुमा व्याख्या गरिएको छ।
समुन्द्री सतहको १२००. मिटर देखि ४००० मिटर सम्मको उचाईमा रहेको तलकोट गाउँपालिका भौगोगिक अवस्थितिका हिसाबले २९ डिग्री ३२मिनेट ३८ सेकेन्ड उत्तरी अक्षांश देखि २९ डिग्री ४९ मिनेट ३१ सेकेन्ड उत्तरी अक्षांश सम्म र ८१ डिग्री७मिनेट ३३ सेकेन्ड देखि ८१ डिग्री २८ मिनेट ८ सेकेन्डसम्म पुर्वी देशान्तरमा फैलिएको छ । यस गाउँपालिका बझाङ जिल्लाको जिल्ला सदरमुकाम चैनपुरदेखि करीब ७किमीको दुरीमा दक्षिण पश्चिम भागमा रहेको छ । यस गाउँपालिकाको पूर्वमा बाजुरा र हुम्ला जिल्ला,पश्चिममा सुर्मा गाउँपालिका र बुंगल नगरपालिका, दक्षिणमा मष्टा गाउँपालिका, जय पृथ्वी नगरपालिका र बाजुरा जिल्ला र उत्तरमा काँडा गाउँपालिकासँग सिमाना जोडिएको छ । जिल्लाको कुल क्षेत्रफलको करीब १० प्रतिशत भुभाग ओगट्ने यस गाउँपालिकाको कुल क्षेत्रफल ३३५.२६ वर्ग किमी रहेको छ । यस सम्बन्धी विवरण देहाय अनुसार रहेको छ ।
ऐतिहासिक चिनारी तथा नामाकरण
तलकोट गाउँपालिकाऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक रुपले महत्वपूर्ण क्षेत्र हो । नामाकरण सन्दर्भमा गाउँपालिकाको नामाकरण हालको वडा नं. ५ वा साविकको मेलबिसौना गाविसमा रहेको तलकोट भन्ने स्थानमा जहाँ बाइसे चौबिसे राज्यहरुमध्ये एक राज्य रहेको थियो । त्यो राज्यको दरबार रहेको ठाँउ तलकोटकेै नामबाट यस गाउँपालिकाको नामाकरण रहन गएको स्थानीय जानिफकारहरु बताउँछन् । तलकोटी दरबार हालसम्म पनि यथावत रहेको छ । यसका अतिरिक्त ऐतिहासिक महत्व बोकेका लाँगा देवताको मन्दिर, छडाखेत मन्दिर, लोकन्ड मालिका, मसानिमाडु, कैलाश तथा भैरव मन्दिर जस्ता स्थलहरु यस गाउँपालिकामा रहेका छन् ।
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.