Tarkeshwor Municipality Home / Directory
Tarkeshwor Municipality
Government
Office Info
Address Not available
Email 2 tarakeshwormun2071@gmail.com
काठमाडौँ जिल्लाको उत्तरी भेगमा रहेको शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जको काखमा अवस्थित यस तारकेश्वर नगरपालिकाको गठन साबिकका साङ्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुङ् र मनमैजु गा.वि.स. गाभिएर २०७१ साल मङ्सिर १६ गते नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार नगरपालिकाको रुपमा कार्य आरम्भ भएको हो । पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको यस नगरपालिकाको कुल क्षेत्रफल ३४.९५ वर्ग कि.मि. रहेको छ । नगरपालिका घोषणाको तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिदा नगरपालिकाको केन्द्र वडा नं. ६ स्थित ऐतिहासिक धर्मस्थली बजारमा रहेको छ। शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्जमा अवस्थित तारकेश्वर महादेवको नामबाट यस नगरपालिकाको नामकरण हुन् गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक, सास्कृतिक, जैविक, जातीय एंव भाषिक  विविधताले भरिपुर्ण रहेको छ  भने कृषि योग्य उर्वर भूमिको उपलब्धताका कारणबाट पनि सम्भावना बोकेकोनागरापालिकको रुपमा रहेको छ । यस नगरपालिका क्षेत्र भित्र जैविक पर्यावारणीय, जलाधार, सिमसार एंव शिवपुरी नागार्जुन राष्ट्रिय निकुन्ज समेतको उपलब्धाताका कारण पर्या-पर्यतानाको समेत सम्भावना बोकेको नगरपालिका हो  । 
 
स्वस्थानी वर्त कथामा उल्लेख भए अनुसार पौराणिक कालमा सतिदेवीको अँग पतन भई तारकेश्वर महादेव उत्पत्ति भई शक्तिपीठको रुपमा रहेको भनाई छ। सोही नामबाट यस नगरपालिकाको नाम तारकेश्वर नगरपालिका रहन गएको हो । यो नगरपालिका प्राकृतिक, धार्मिक साँस्कृतिक तथा भाषिक विविधताले भरिपूर्ण छ । साँस्कृतिक शक्तिपीठका रुपमा श्री तारकेश्वर महादेव मन्दिर, पुरानो गुह्येश्व्री मन्दिर, मनमैजु ईन्द्रायणी मन्दिर, भुवनेश्वरी मन्दिर, शान्तिधाम, सिम्लेश्वर महादेव मन्दिर, महांकाल मन्दिर, नारायण देवी, कल्पेश्वर महादेव, नाखलडोल, बैखु, लोलाङ, पांचमाने, फेदी बजार, फुटुङ बजार, कुञ्चिप्वाकल जस्ता क्षेत्रहरु यस नगरपालिका धार्मिक तथा पर्यटकिय क्षेत्रको रुपमा रहेका छन् ।
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.