तातोपानी गाउँपालिका नेपालको संविधानको धारा २९५ उपधारा ३ बमोजिम कायम भएका गाउँपालिका, नगरपालिकाहरु मध्ये एक स्थानीय तह हो। नेपालको कर्णाली प्रदेश जुम्ला जिल्लामा पर्ने तातोपानी गाउँपालिकामा साविकका तातोपानी, लाम्रा, ताम्ती र हाँकु गरी ४ गा.वि.स.हरु समावेश भएका छन्। ५२५.५१ वर्ग कि.मि. क्षेत्रफलमा रहेको यस तातोपानी गाउँपालिकाको जनसंख्या २०६८ को जनगणना अनुसार १४६३८ र गाउँ बस्तुगत विबरण २०७४ अनुसार जनसख्या १७८३४ कुल घरपरिवार ३११६ रहेको छ। यस गाउँपालिकाको पूर्वमा चन्दननाथ नगरपालिका पश्चिममा तिला गाउँपालिका, उत्तरमा सिंजागाउँपालिका तथा दक्षिणमा जाजरकोट जिल्ला रहेका छन्। ८ वटा वडा कार्यालयहरु रहेको यस तातोपानी गाउँपालिकाको केन्द्र साविक तातोपानी गा.वि.स.को अस्थाई कार्यालय लिताकोटमा तोकिएको छ।
स्थानीय तहको दोस्नो निर्वाचन -२०७९ बैसाख ३0 गते सम्पन्न भएपछि जन निर्वाचित प्रतिनिधिहरूले पद तथा गोपिनियताको सपथ लिएर पदभार ग्रहण गरिसक्नु भएको छ । ८ वटै वडा कार्यालयहरु स्थापना भई वडाध्यक्ष तथा वडासचिवले जनताको घरनजिकबाट सेवा प्रवाह गरिरहनु भएको छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.