संघीय गणतन्त्र नेपालको ७ वटा प्रदेश मध्ये लुम्बिनी प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १ नगरपालिका र ९ वटा गाउँपालिकाहरु मध्यको थबाङ गाउँँपालिका पनि एक हो । पर्यटकीय स्थलको प्रचुर सम्भावना र प्राकृतिक सौन्दर्यले मखमलीको चोलिले सिंगारिएसरी सिंगारिएको यस गाउँँपालिकालाई विभिन्न कालखण्डमा कोरिएको सुनौलो इतिहास तथा यहाँँको भौगोलिक अवस्थितीकाे आधारमा थबाङ गाउँँपालिकाको नामाकरण गरिएको हो, जसमा प्राकृतिक सौन्दर्यले भरिपुर्ण साथै देशकै उच्च पर्यटकिय स्थलकाे रूपमा रहेकाे जलजला क्षेत्रलाई शिरमा सजाएर राखेको छ । यस गाउँँपालिका जिल्ला सदरमुकाम देखि २३ कोष टाढा अवस्थित रहेकाे छ, भने यस गाउँपालिकाकाे क्षेत्रफल १९१।०७ व.मी. रहेकाे छ, जसमा २०६८ काे जनगणना अनुसार कुल जनसंख्या १०,८९१ रहेकाे छ ।
यस गाउँपालिका साविककाे ३ वटा गाविस लाई मिलाएर हाल ५ वटा वडाकाे रूपमा संगठित गरी बनेकाे छ । जसमा वडा नं. १ र २ साविककाे थबाङ गा.बि.स. भित्र, वडा नंं. ३ साविकको मिरुल गा.वि.स. भित्र र वडा ४ र ५ साविकको उवा गा.वि.स. भित्र पर्ने गर्दछ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.