Thantikandh Rural Municipality Home / Directory
Thantikandh Rural Municipality
Lakandra, Thantikandh RM, Dailekh, Karnali
Government
Address Lakandra, Thantikandh RM, Dailekh, Karnali
Email 2 ito.thatikandhmun@gmail.com

नेपालको कर्णाली प्रदेश अन्तर्गत दैलेख जिल्लाका चार नगरपालिका र सात गाउँपालिका मध्ये ठाँटीकाँध गाउँपालिका दैलख जिल्ला निवाचन क्षेत्र नं. २ मा पर्दछ । पूर्वमा दैलेख जिल्लाको चामुण्डा विन्द्रासैनी नगरपालिका, उत्तरमा कालिकोट जिल्लाको शुभ कालिका गाउँपालिका पश्चिममा दैलेखको आठवीस नगरपालिका र दक्षिणमा चामुण्डा विन्द्रासैनी न.पा. र आठवीस न.पा. को भूभागको वीचमा अवस्थित ठाटीकाँध गाउँपालिका प्राकृतिक सम्पदा, साधन श्रोतमा सम्पन्न भएर पनि आर्थिक रुपले कमजोर रहेको छ । हाम्रो यस ठाटीकाँध गाउँपालिकामा साविक विशाला गा.वि.स., साविक तोलिजैसी गाविस र साविक लकान्द्र गा.वि.स. मिलेर सिङ्गो गाउँपालिका वनेको छ । यस गाउँपालिकाको जम्मा क्षेत्रफल ८८.२२ वर्ग किलोमिटर छ भने राष्ट्रिय जनगणना २०७८ अनुसार जम्मा जनसंख्या १८,३०१ रहेको छ । बसोवासका हिसावले यस गाउँपालिकामा विभिन्न जात जातिहरु रहेको छन् । जसमा व्राहमण, क्षेत्री, दमाई, कामी, बादि, आदिवासी जनजाति आदिको वसोवास गरि आएका छन् । जसका आफ्नै भाषा भाषि छन् । जल, जमिन, जंगल, जडिवुटी, जंगली जनावर, एवम उर्वरभूमि रहेको यो गाउाँपालिका पूर्व पश्चिम उत्तर दक्षिण गोलाकार भू–धरातल भएको अनेकतामा एकता रहेको गाउँपालिका हो । यो गाउँपालिकाको उत्तरी क्षेत्रमा रहेको वनजंगलका कारण पानीका प्रशस्त श्रोतहरु, जडिवुटी, जंगली जनावर, तथा निलम पाइनुका साथै स्याउ खेती र अलैची, खेतीको संभावना समेत रहेको छ । साथै पशुपालन तथा विभिन्न तरकारी खेतीको पनि प्रशस्त सम्भावना रहेको छ । यस गाउँपालिकाको मध्ये भागमा विभिन्न खाद्यवाली जस्तै धान, गहुँ, मकै, कोदो एवम तरकारी खेतीको प्रशस्त संभावना रहेको छ ।

 
पूर्वमा रामगाड, उत्तरमा भूतगाड भएर वग्ने सिङ्गो रामगाड खोला, पश्चिम तर्फ वग्ने चिनेखोला निरन्तर वगिरहने खोलाहरु हुन । यी ३ वटै खोलाहरु ढुङगा, गिट्टी, वालुवा, जस्ता निर्माण सामाग्रीहरु उपलब्ध गर्न गराउन सकिने अवस्था छ । साथै जलविधुतको प्रशस्त सम्भावनाहरु रहेका छन् । लेकाली क्षेत्रमा पाईने निलम ढुङगा र जौचौरमा भएको तामाखानी एवम तिरुवा टोलको फलाम खानी को उत्खनन गर्न सकेमा ठाटीकाँध गाउँपालिका लगायत सिङगो दैलेख जिल्ला, प्रदेश र राष्टकै आर्थीक समृद्धिमा टेवा पुग्ने सम्भावना रहेको छ ।

ठाँटीकाँध गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.