सदरमुकाम सहित साबिकका ४ गा वि स दुनै, रह, जुफाल र माझ्फाल मिलि ठुलिभेरी नगरपालीका ११ वटा वडामा विभाजित छ। कर्णाली प्रदेशको यस नगरपालिकाको जम्मा जनसंख्या ९१८६ छ भने क्षेत्रफल ४२१.३४ बर्ग कि मि रहेको छ । जिल्लाको मध्य भागमा पर्ने ठुलिभेरी नगरपालिकाको उत्तरमा शे फोक्सुण्डो गाउपालिका, दक्षिणमा रुकुम जिल्लाको सिमाना, पूर्वमा काइके गाउपालिका र पस्क्षीममा त्रिपुरासुन्दरी नगरपालिका पर्दछ । नगरपालिका हुदै ठुलिभेरी नदि बग्ने हुँदा नगरपालिकाको नाम ठुलिभेरी रहन गयको हो । क्षेत्री, ब्राम्हण, ठकुरी, दलित, जनजाति तथा अन्य जातिको बसोबास रहेको नगरपालिकामा आफ्नै किसिमको संस्कृति रहेको छ । सांकृतिक, धार्मिक, र भौगोलिक विविधता संगै चाडपर्व अनि जात्राहरु पनि आ आफ्नै तरिकाले मनाउने गरिन्छ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.