साविकका कचल, दोभान, कोलडाँडा र मस्याम गा.वि.स. मिलाएर ६ वडामा विभाजन गरिएको तिनाउ गाँउ पालिका २०२ वर्ग कि.मि.क्षेत्रफल, ४२०१ घरधुरी, १७,७७७ जनसंख्या रहेकोमा मगर जाति ७४.१% क्षेत्री जाति ९.३%,विश्वकर्मा जाति ५.६%, ब्राहामण जाति ४.५%,तथा नेवार, गुरुङ्ग, कुमाल,मिजार थकाली लगायतका अन्य जाति ६.५%, र १ घरधुरी लोपोन्मुख पत्थरकट्टा(कुशवाडिया) जाति सहितको पौराणिक इतिहास बोकेको पाल्पा जिल्लाको प्रशिद्ध तिनाउ नदीको नामबाट नामाङ्कित यस तिनाउ गाउँपालिका सुन्दर वातावरणमा रहेको छ ।
पाल्पा जिल्लाको सदरमुकाम तानसेन बाट दक्षिण पश्चिममा पर्ने तिनाउ गाँउपालिका जिल्लाकै महत्तवपूर्ण गाँउपालिका हो । यस गाँउपालिकाको पूर्वमा माथागढी गाँउपालिका, पश्चिममा रैनादेवी छहरा गाँउपालिका, उत्तरमा तानसेन नगरपालिका र रिब्दीकोट गाँउपालिका तथा दक्षिणमा रुपन्देही जिल्लाको बुटवल उप महानगरपालिका र सैनामैना नगरपालिकासँग जोडिएको छ । प्रसिद्ध सिद्धबाबा मन्दिरको काखमा रहेको सिद्धार्थ राजमार्गले बिचबाट काटेको शहरी केन्द्रको रुपमा स्थापित हुन गइरहेको यस तिनाउ गाउँपालिकामा सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य जस्ता शहरी आधारभूत सेवा सुविधामा वृद्धि गर्दै गाउँको छुट्टै पहिचान कायम गर्नुपर्ने देखिन्छ ।
पाल्पा जिल्लामा अवस्थित तिनाउ नदीको फराकिलो क्षेत्र, समथर कृषि मैदान, हरियाली वनजङ्गल, जन्तिलुङ्ग, रिङसिङलेक, पाटन, ठुलिउदाङ, हात्तिलेक, सत्यवतीताल, सुकेताल, जितगढी, नुवाकोट, रामापिथेकस क्षेत्र, सिद्धवावा मन्दिर जस्ता प्राकृतिक, धार्मिक तथा पर्यटकीय क्षेत्रहरुबाट प्रचुर सम्भावना रहेको, समग्र जिल्लाको आर्थिक, सामाजिक, धार्मिक, पर्यटकीय दृष्टिकोणले समेत महत्वपूर्ण रहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.