नेपाल सरकारले नेपालको संविधान बमोजिम स्थानीय निकायहरुको पुनःसंरचनाको लागि गठन गरेको उच्चस्तरीय आयोगको २०७३ पुष २२ गतेको प्रतिवेदनलाई आधार लिई मिति २०७३ फाल्गुन २७ गतेबाट स्थानीय तह लागू गर्ने निर्णय गरेको हो। यस तीनपाटन गाउँपालिका नेपालको बागमती प्रदेश अन्तर्गत सिन्धुली जिल्लामा पर्दछ । २८०.२६ वर्ग.कि.मि. क्षेत्रफल रहेको यस गाउँपालिकाको पूर्वमा दुधौली न.पा.,पश्चिममा कमलामाई न.पा., उत्तरमा गोलान्जोर गा.पा. र दक्षिणमा कमलामाई न.पा. पर्दछन् । यस गाउँपालिकालाई मिति २०७३ फाल्गुन २२ गते साविकको वेलघारी, भिमस्थान, जरायोटार, बालाजोर, तोश्रामखोला, बाहुनतिल्पुङ्ग, आम्वोटे र लाम्पन्टार गा.वि.स. समाबेश गरी जम्मा ११ वडा कायम गरिएको छ ।
यस गाउँपालिकाको कार्यालय जिल्ला सदरमुकाम सिन्धुली बजारबाट ३८ कि.मि टाढा रहेको छ ।
यस गाउँपालिकाद्धारा संचालित घरधुरी तथ्याङ्क सर्वेक्षण, २०७५ अनुसार गाउँपालिकामा अक्सर बसोबास गर्ने कुल ३६,०६२ जनसंख्या रहेको छ । जातजातिको आधारमा जनसंख्या विवरणलाई हेर्दा सवैभन्दा धेरै ३३.९६ प्रतिशत मगर, दोस्रोमा १४.६५ प्रतिशत तामाङ्ग, तेस्रोमा १०.९८ प्रतिशत क्षेत्री, चौथो र पाँचौमा क्रमश नेवार १०.६४ प्रतिशत र पहाडी ब्राह्ममण ९.३७ प्रतिशत रहेको छ । त्यसैगरी सार्की, कामी, दमाई/ढोली, घर्ति/ भुजेल, माझी र अन्य जातजातिहरुको पनि बसोबास रहेको छ ।
गाउँपालिकाको ओषत पारिवारिक आम्दानीमा कृषि व्यावसयको सबैभन्दा ठुलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अन्य श्रोतहरुमा व्यापार, व्यवसाय, लघुउद्योग, जागिर साथै आन्तरिक र बैदेशिक रोजगारी हुन् । परम्परागत प्रणालिको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा क्रमश आधुनिक जीवनशैलीमा समेत अभ्यस्त हुदैछन् ।अध्ययनका लागि यस गाउँपालिकाका शैक्षिक संस्थाहरुमा स्थानीय विद्यार्थीका अलवा अन्य छिमेकी गाउँपालिका/ नगरपालिका तथा जिल्लाबाट समेत आउने गरेका छन् ।अधिकांश घरमा विद्युत सुविधा पुगेता पनि गाउँपालिकाका केहि क्षेत्रमा भौगोलिक विकटताका कारण विद्युत सुविधा अभाव छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.