Tripurasundari Rural Municipality Home / Directory
Tripurasundari Rural Municipality
Piskar
Government

हरिया पहाडहरु र जुगल अनि गौरी शंकर हिमाल लाई नियाल्दै त्रिपुरा सुन्दरी गाउँपलिका बाग्मती प्रदेश अन्तर्गत मध्यमाञ्चल विकास क्षेत्रको वागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा पर्दछ। यो गाउँपलिकाको कुल क्षेत्रफल ९४.२८ वर्ग कि.मी. छ र यसले नेपालकाे भू-भागकाे ०.०६४ प्रतिशत ओगटेकाे छ।याे गाउँपालिका काठमाडाैंबाट ८३.६ कि.मी. उत्तर पूर्व, चाैताराबाट ५० कि.मी. पूर्व र बाह्रबिसे बजारबाट २ कि.मी. दक्षिण पूर्वमा रहेकाे छ। ताैथलीकाे हजार बर्ष पूरानाे त्रिपुरासुन्दरी मन्दिरकाे नाममा यस गाउँपालिकाकाे नामाकरण गरिएकाे छ । यो गाउँपलिका ६ वटा गाविसहरु र साबिक वडा नं क्रमश: घोर्थली (५-९), चोकटी(१-९), धुस्कुन(१-९), पिस्कर(१-९), तौथली (१-९) र टेकानपुर(१-९) गा.वि.स. हरु समावेश गरी २०७३।१२।२ गतेका दिन उत्घाटन भएकाे थियाे । राष्ट्रिय जनगणना २०७८को तथ्याङ्क अनुसार यहाँको जम्मा घरधुरी संख्या ३,६५१ र यहाँको कूल जनसंख्या १२,०७४ रहेको छ । यहाँ विभिन्न धर्मका अनुयायीहरु जस्तै हिन्दु , बौद्ध र क्रिचियनहरुको बसोबास रहेको छ। यहाँ विभिन्न जात जातीहरु जस्तै व्राहमण,क्षेत्री, थामी, तामाङ्ग, शेर्पा, गुरुङ, जिरेल, भुजेल, विश्वकर्मा, नेपाली,मगर, घर्ती, नेवार, पहरी आदिकाे साैहार्दपूर्ण समिश्रण पाइन्छ। यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै नेवारी र अन्य भाषा पनि बोलिने गर्दछन् । सुन्दर प्राकृतिक छटा र नदी नालाहरू बाेकेर एउटा पृथक पहिचान सहित त्रिपुरा सुन्दरी गाउँपालिका यहाँहरूलाई हार्दिक स्वागत गर्दछ।

 

बिस्तृत जानकारीको लागि तल अपलोड गरिएकोगाउँपालिकाकाे पार्श्वचित्र २०७५ मा हेर्न सक्नुहुन्छ। धन्यवाद ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.