Triveni Rural Municipality Home / Directory
Triveni Rural Municipality
Luham, Triveni RM, Salyan, Karnali
Government
Address Luham, Triveni RM, Salyan, Karnali

त्रिवेणी गाउँपालिका ६ नं. प्रदेश अन्तर्गत सल्यान जिल्लाका साबिकका काभ्रा, काँरागिठी, फलावाङ र त्रिवेणी गरी ४ ओटा गा.वि.स.लाई समावेश गरी स्थापना भएको हो । शारदा खोला, लुहाम खोला र घुर खोलाको संगम स्थल भएकालेनै यसको नाउँ त्रिवेणी गाउँपालिका रहन गएको हो । यस गाउँपालिकाको कुल क्षेत्रफल जम्मा ११९.११ वर्ग कि.मि रहेको छ । यस गाउँपालिकाको पूर्वमा कपुरकोट गाउँपालिका, पश्चिममा कालिमाटी गाउँपालिका उत्तरमा शारदा नगरपालिका र छत्रेश्वरी गाउँपालिका र दक्षिणमा दाङ जिल्ला पर्दछ । त्रिवेणी गाउँपालिका विश्व मानचित्रमा २८ं १४ं देखि २८ं २०ं उत्तरी आक्षांश र ८२ं ०८ं देखि ८२ं २०ं पूर्वी देशान्तरसम्म फैलिएर रहेको छ भने समुद्री सतहबाट ७८३ देखि २,१०७ मिटरसम्मको उचाइमा अवस्थित छ ।

 

सल्यान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये त्रिवेणी गाउँपालिका विकासको राम्रो सम्भावना बोकेको गाउँपालिका हुनुका साथसाथै यहाँका सचेत राजनैतिक दल र उत्प्रेरित गाउँवासी यो गाउँपालिकाका दरिलो अनि दीगो विकासका श्रोत हुन् । २०६८ को जनगणनाअनुसार यस गाउँपालिकाको जनसंख्या १६,६२४ रहेको छ जस मध्ये महिलाको जनसंख्या ८,८९८ (५३.५३ प्रतिशत) र पुरुषको जनसंख्या ७,७२६ (४६.४७ प्रतिशत) रहेको छ । यस गाउँपालिकामा विभिन्न जातजाति तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ । २०६८ को जनगणनाअनुसार सबैभन्दा बढी क्षेत्री जाति ९,०९३ जना (५४.७२%), दोस्रोमा मगर ४,४३५ (२६.६८%) र तेस्रोमा कामी १,२९६ (७.८०%) हरुको बसोबास रहेको छ ।

औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायकाउद्योग साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम क्रमश बढिरहेको छ । यस गाउँपालिका आधारभूतदेखि माध्यमिक शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्थाहरु रहेका छन् भने उच्च शिक्षा विकासको पहल भैरहेको छ । यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ६ वटा माध्यामिक तहका विद्यालय र २९ वटा आधारभूत तहका विद्यालय गरी जम्मा ३५ वटा शिक्षण संस्थाहरु संचालित छन् ।

 

विगत लामो समयसम्म स्थानीय निकायमा जनप्रतिनिधिको अभाब, योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । तथापी विगत १ वर्ष पहिले भएको स्थानीय तहको निर्वाचन पश्चात जनप्रतिनिधिहरुके वहाली भए सगंै विकास तथा सेवा प्रवाहमा जन अपेक्षा हरु सम्वोधन हुने र न.नागरीकका माग र आवस्यकताहरुका तत्काल सम्वोधन हुने सम्भावना वढेर गएको छ भने जनताका आशाका किरणहरु फैँलीदै गएका छन । विकासरको लहर वढेर गएको छ । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस गाउँपालिकामा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघि, होली, गौरा, कृष्णजन्माष्टमी, महाशिवरात्री, साउने र माघे संक्रान्ति, चैते दशै, बकरइद, बुद्धजयन्ती आदि यहाँका चाडपर्व आफ्नो धर्मअनुसार मनाउने गरेको पाईन्छ ।

त्रिवेणी गाउँपालिका
Verified directories are more trusted. Complete your verification to build more trust.
Claim this Directory

Please log in to claim this directory.

Update

Please log in to request an update.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.