Temkemaiyung Rural Municipality Home / Directory
Temkemaiyung Rural Municipality
Annapurna
Government
Office Info
Address Annapurna

 टेम्केमैयुङ गाउँपालिका नेपालको कोशी प्रदेश भोजपुर जिल्लाको सदरमुकाम बाट करिब २८ कि मि पश्च्मिमा रहेको छ । यस गाउँपालिका रहेको स्थानलाई मध्यकालीन नेपालमा पूर्व ४ नम्वरको किल्ला भनेर पनि चिनिन्छ । भौगोलिक विविधतायुक्त यस गाउँ क्षेत्रले ऐतिहासिक महत्व पनि राख्दछ । मध्ये पहाडी राजमार्गले छोएको हुँदा नेपालको राजधानीसम्म आवागमन गर्न सहज हुने सम्भावना रहेको यस गाउँपालिका पर्यटकीय हिसावले पनि अत्यन्तै सुन्दर एवं मनमोहक देखिन्छ ।

 

गाउँ क्षेत्रबाट पश्चिम तर्फ रहेको टम्के डाँडो, सेल्मे डाँडा, पश्चिम उत्तर तर्फ रहेको चखेवा डाँडा लगाएत मजुवा पोखरी, हास पोखरी, मैयुङ डाँडा, महिभर झरना, सावा झरना, पन्ची झरना, माक्सा झरना तथा तावा भञ्नज्याङले टेम्केमैयुङ गाउँपालिकामा पर्यटकहरुलाई कम्तिमा एक पटक भ्रमणका लागि निम्तो दिइरहे झैं लाग्छ । यसैगरि यस क्षेत्रमा घोरल, मृग, चितुवा, लोपन्मुख रेड पान्डा, मुनाल, कालिज, विभिन्न प्रजातिका बाजहरु, पानिहासँ प्युरा जस्ता पंक्षीहरु पाइन्छन । यसैगरी यस गाउँपालिकाको वडा नं ३ स्थित अन्नपुर्ण भुरुचोक डाँडा र सो आसपासका क्षेत्रबाट दृश्यावलोकन गर्न सकिने हिमाल तथा चाँप अनि गुरासँ फुलुदाको महनमोहक दृश्य लगाएत पिखुवा खोला, हिखुंवा खोला, याङटाङ खोला र वाचिम्ले खोलाहरुको दृश्य देख्न सकिन्छ । याहाँका बासिन्दाको पेशागत कुरा गर्दा कृषि, पशुपालन, सुन्तला, कागति, जुनार, अदुवा र अलैचि उत्पादन मुख्य पेशा रहेको तथा ब्रिटिस सेना र भारतिय सेनाहरुमा बढि संल्गनता रहेको जानकारी पाइन्छ । यस गाउँको सामाजिक संरचनाका हिसाबले मिश्रित बस्ती, पितृसतात्मक परिवार, हिन्दु तथा किरात धर्मावलम्वीहरुको बाहुल्यता, एकल परिवार रहेका छन् । यस गाउँपालिकाको बस्ति (settlement pattern) छरिएर रहेका कारण विकासका पूर्वाधारहरु समान रुपले लैजान उत्तिकै चुनौतिकारुपमा रहेको तथा आफैंमा सम्भावना र अवसर बोकेको देखिन्छ । यस गाउँपालिकाको अन्य संक्षिप्त विवरण देहाय वमोजिम रहेका छन् ।

 

टेम्केमैयुङ गाउँपालिकाको सामान्य परिचय –

  1. स्थानीय तहको नाम – टेम्केमैयुङ गाउँपालिका ।
  2. स्थापना – वि. सं. २०७३ ।
  3. प्रदेश – कोशी प्रदेश ।
  4. भौगोलिक अवस्थिति – २७० ०५' ४८'' देखि २७१८' ४७'' उत्तरी अक्षांशसम्म र ८६५३' ५०" देखि ८७०३' ०७'' पूर्वी देशान्तरसम्म ।
  5. जिल्ला – भोजपुर ।
  6. वडा संख्या – ९ ।
  7. सिमाना –
  • पूर्व – भोजपुर नगरपालिका ।
  • उत्तर पश्चिम – केपिलासगडी गा.पा र साकेला गा.पा ।
  • उत्तर पूर्व – साल्पासिलिछो गा.पा र षडान्नद न.पा
  • पश्चिम – साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिका।
  • दक्षिण – राम प्रसाद राई गाउँपालिका ।

 

  1. कुल क्षेत्रफल – १७३.४१ वर्ग कि. मि. ।
  2. दीर्घकालिन सोच – "कृषि, पर्यटन र साँस्कृतिक पूर्वाधारः टेम्केमैयुङ विकासको आधार "
  3. सामुदायिक विद्यालय – ४५।
  4. स्वास्थ्य चौकी – ९, आधारभूत स्वास्थ्य सेवा केन्द्र -१

 

समाबेश साबिक गाविस - तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क ।

 

जनसंख्या - १५४६४ कुल जम्मा जनगणना २०७८ अनुसार


गाउँपालिकाको नामाकरण नेपालको संघीय प्रदेश नं.१ मा पर्ने भोजपुर जिल्लाको यो गाउँपालिकाको नाम यसै गाउँपालिकाको पश्चिम तर्फ रहेको टम्के डाँडा र मयुङ डाँडाको प्रतिनिधित्व हुने गरि "ट्म्केमैयेङ गाउँपालिका" नामाकरण भएको हो ।


गाउँपालिकाको प्रशासनिक विभाजन - प्रशासनिक कामकाजलाई व्यवस्थित गर्दै गाउँपालिकाको शासन व्यवस्थालाई चुस्त छरितो बनाउन यस गाउँपालिकालाई ९ वटा वडाहरुमा विभाजन गरिएको छ । ।


गाउँपालिकाको मुख्य नदी, खोलाहरु
खोलाहरु - राउते खोला, पिखुवा खोला, हिउखुवा खोला, गोगने खोला, सिक्त्तेल खोला।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.