रामेछाप जिल्लाको उत्तरी भूभागमा अवस्थित उमाकुण्ड गाउँपालिका रामेछाप जिल्लाको प्रचुर सम्भावनाले भरिएको गाउँपालिका हो। यो गाउँपालिका भौगोलिक हिसाबले रामेछाप जिल्लाकै सबै भन्दा ठुलो गाउँपालिकाहो । जम्मा सात ओटा वडा रहेको यो गाउँपालिकाको जनसंख्या १७६०१ रहेको छ ।यो गाउपालिका ४५१.९९ वर्ग किलो मिटर क्षेत्रफलमा फैलिएको छ भने उमाकुण्ड गाउपालिकाको केन्द्र हाल वडा नं ४ प्रिती को च्यादलुमा रहेको छ ।
उमाकुण्ड गाउँँपलिकाको पूर्वमा सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला ,पश्चिममा रामेछाप जिल्लाको गोकुलगंगा गाउपालिका उत्तरमा सोलुखुम्बु र दाेलखा जिल्लाा र दक्षिणमा ओखलढुङ्गा र रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका पर्दछ। भौगोलिक विकटताको कारण यो गाउँपालिकाको समृद्दिमा निकै ठुलो चुनौती देखिन्छ। विकास निर्माणको क्षेत्रमा निकै पछाडी परेको यो गाउँपालिका स्थानिय सरकार आए संगै विकास निर्माणले गति लिन थालेको छ ।
उमाकुण्ड गाउँपालिकाको समृद्दिको आधार भनेको कृषि ,पर्यटन र जलश्रोत नै हो। उमाकुण्ड गाउँपालिका धार्मिक ,एतिहासिक र रमणीय स्थलले भरिभराउ गाउँपालिका हो । धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिने पाँचपोखरी ,जट्टापोखरि लगायतका महत्वपुर्ण ताल तलैया प्रवेश गर्ने मुख्य प्रवेशद्वार उमाकुण्ड गाँउपालिकानै हो । त्यस बाहेक उमाकुण्ड गाउँपालिकामा एतिहासिक तथा धार्मिक स्थल ताँमेडाँडाक्षेत्र उमातिर्थ मन्दिर ,विभिन्न चण्डी मन्दिर लगाएत धेरै एतिहासिक तथा धार्मिक स्थलहरु रहेको छ भने गाउँपालिकाको प्रत्येक वडामा धार्मिक तथा पर्यटकिय हिसाबले महत्वपुर्ण स्थलहरु रहेको छ।
जलश्रोत को क्षेत्रमा धनि उमाकुण्ड गाउँपालिका मा धेरै सम्भावना छ। हाल पनि उमाकुण्ड गाउँँपालिकामा ५ ओटा भन्दा बढी हाइड्रोपावर हरु निर्माण भैरहेको छ भने अन्य हाइड्रोपावर निर्माणको लागि सम्भाव्यता अध्ययन लगाएतको समेत काम भैरहेको छ।कृषि र पशुपालनको लागि अत्यधिक सम्भावना रहेको गाउँपालिकाको वडा न १ गुम्देल लगाएत अन्य क्षेत्रमा लोपोन्मुख चौरी पालन व्यवसाय संचालनमा छ । उमाकुण्ड गाउँँपालिकामा कृषि मा आलु किवी अलैची, चिया लगाएतका नगदे बालि को प्रशस्त खेति भैरहेको छ भने उमाकुण्ड गाउँपालिका बहुमुल्य जडिबुटीको भण्डार को रुपमा पनि परिचित गाउँपालिका हो।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.