Varagung Muktichhetra Rural Municipality Home / Directory
Varagung Muktichhetra Rural Municipality
kagbeni, Mustang
Government
Office Info
Address kagbeni, Mustang
Email 2 info@varagungmuktichhetramun.gov.np
number3 069421003

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका नेपालको गण्डकीप्रदेशको हिमाली जिल्ला मुस्ताङ अन्तर्गत पर्ने गाउँपालिका हो । बिश्व मानचित्रमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अवस्थिति २८ डिग्री ४५ मिनेट देखि २९ डिग्री ०५  मिनेट  उत्तरी अक्षांस र ८३ डिग्री २८ मिनेट देखि ८४ डिग्री ०७  मिनेट  पूर्वि देशान्तरको वीचमा अवस्थित छ । पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा लो घ्याकर दामोदर कुण्ड दक्षिणमा घरपझोङ गाउँपालिका र थासाङ गाउँपालिकाको उत्तरी भाग  रहेको  छ| समुन्द्र सतहबाट २८०० मिटर देखि ५३१० मिटर सम्म उचाइमा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल ८८५.७८ वर्ग कि.मी. रहेको छ|जुन नेपालको कुल क्षेत्रफलको ०.६० प्रतिशत हुन जान्छ | जन घनत्वका हिसाबले पातलो बस्ती रहेको यस गाउँपालिकाको जनसंख्या २०३६ (२०७८ को जनगणना अनुसार) रहेको छ | जसमा पुरुषको संख्या १०१५ छ भने महिलाको संख्या १०२१ छ ।  गाउँपालिकाको जम्मा परिवार संख्या ७२३ रहेको छ ।

 

 हावापानी सुख्खा ठण्डा रहेको यस गाउँपालिकाको तल्लो भागमा तुलनात्मक रूपमा बढि बर्षा भए तापनि माथिल्लो भागमा अत्यन्त कम बर्षा हुन्छ। गर्मी महिनाको अधिकतम तापक्रम २६ डिग्री से. र हिउँद महिनामा न्युनतम -९ डिग्री से. सम्म झर्दछ । हावापानी अनुसार हिमालको नजिक कोणधारी वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ।

Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.