युवा शक्ति राष्ट्रको अमूल्य सम्पत्ति र राष्ट्र विकासको मेरुदण्ड हो । युवाहरु राष्ट्र विकासको मेरुदण्ड भएकाले युवाहरुलाई देशमै रोजगारीका अवसरहरु सिर्जना गर्नु राज्यको मूख्य दायित्व हो । युवाहरूलाई स्वरोजगार बनाई देशलाई समृद्ध बनाउने पवित्र उद्देश्यले नेपाल सरकारले आर्थिक वर्ष २०६५/६६ देखि युवा स्वरोजगार कार्यक्रम सञ्चालनमा ल्याएको छ । स्थापनाको समयमा अर्थ मन्त्रालयको मातहतमा सञ्चालित यो कोष आ.व.७४/७५ देखि युवा तथा खेलकुद मन्त्रालय मातहत रहेको छ । कोष (संचालन) नियमावली, २०६५ खारेज भई हाल कोष (संचालन) नियमावली, २०७७ संचालनमा रहेको छ ।
कोषको कार्यक्षेत्र मुलुकभरिका बेरोजगार युवा तथा साना व्यवसायीहरूलाई समेट्ने गरी ७७ वटै जिल्लामा रहेको छ । स्थानीय रुपमा उपलब्ध स्रोत, साधन एवं जनशतिmलाई आर्थिक गतिविधि र क्रियाकलापमा संलग्न गराई स्वदेशमै रोजगारीको सिर्जना, उत्पादनमा वृद्धि, बजारीकरणको समुचित व्यवस्थाद्वारा देशको आर्थिक विकासमा टेवा पुर् याउने हो ।
हाल देशभरका ७७ जिल्लामा अबस्थित बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरूसँग कोषले कर्जा लगानी सम्झौता गरी उक्त कर्जा सम्झौता गरिएका बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाहरू मार्फत कोषले वेरोजगार युवाहरुलाई स्वरोजगार सिर्जना गरिरहेकोछ । कोषको लगानी तथा कार्यक्षेत्र हरेक वर्ष व्यापकरूपमा बिस्तार भइरहेको छ भने बेरोजगगार युवाहरुसमेत कोषको सुलभ तथा सहुलियत कर्जा लिई उद्यम गर्न लालायित भएका छन् ।
दिनानुदिन श्रम बजारमा प्रवेश गर्ने श्रमशक्तिको संख्या बृद्धि भईरहेको, सरकारी तथा निजी क्षेत्रमा रोजगारीको अबसर तुलनात्मक रुपमा बिस्तार हुन नसकिरहेको बर्तमान अबस्थामा बृहत्तर रुपमा स्वरोजगारीका अवसरहरु सृजना गर्ने र स्वरोजगारीको माध्यमबाट लाखौं रोजगारीको अवसर सिर्जना गर्दै युवा वर्गमा बढ्दै भएको निराशाका बिच आशाको दियो बनेर कोषले आ.व. ०८०/८१ सम्म १४ अर्ब १३ करोड ५८ लाख कर्जा लगानी गरी १ लाख ९ हजार ३ सय ४४ जना स्वरोजगार सिर्जना गरेको र ८६ करोड १५ लाख संचित बचत गरेको छ । वार्षिक श्रम बजारमा प्रबेश गर्ने ५ लाख युवामध्ये कम्तीमा १ लाख युवाहरूलाई वार्षिक रूपमा स्वरोजगार बनाई आत्मनिर्भर अर्थतन्त्रको माध्यमबाट राष्ट्रको आर्थिक विकास गर्ने कार्य यो कोषले सम्पन्न गर्ने भएकोले कोषको महत्व दिनानुदिन बढिरहेको छ ।
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.