नेपालको संविधानले तीन तहको शासकीय स्वरूपको प्रबन्ध गरे बमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रदेशहरूको स्थापना भएको हो। नेपालमा रहेका सात प्रदेशमध्ये बागमती प्रदेश पनि एक हो।यस प्रदेशमा रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर र काठमाडौं सहित १३ जिल्ला रहेका छन् भने ३ महानगरपलिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिका गरी कुल ११९ स्थानीय तह रहेका छन्।
नेपाल संघीय संरचनामा परिणत भइ संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था भए पश्चात २०७४ सालमा तीनै तहको निर्वाचन सम्पन्न भई प्रदेश सरकार गठन हुने क्रममा बागमती प्रदेश सरकारको पहिलो मन्त्रिपरिषदको गठन मिति २०७४ माघ २९ गते भएको हो। बागमती प्रदेश सरकार मातहत रहेका विभिन्न मन्त्रालय मध्ये सामाजिक क्षेत्रमा कार्य सम्पादन गर्ने जिम्मेवारी सहित सामाजिक विकास मन्त्रालयको स्थापना २०७४ फाल्गुनमा भएको हो। स्थापना समयमा प्रदेश सरकार, बागमती प्रदेश (कार्यविभाजन) नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई शिक्षा, स्वास्थ्य, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सामाजिक सुरक्षा, युवा खेलकुद, श्रम रोजगार, विज्ञान प्रविधि सँग सम्बन्धित विषयहरूको जिम्मेवारी तोकिएको थियो।
प्रदेश सरकार,बागमती प्रदेश (कार्यविभाजन) नियमावली २०७४ को अनुसूचीमा मिति २०७८/०५/२३ मा भएको संशोधनबाट सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेको स्वास्थ्य क्षेत्र हेर्ने गरी स्वास्थ्य मन्त्रालय स्थापना भएको छ।त्यसै गरी प्रदेश सरकार, बागमती प्रदेश (कार्यविभाजन) नियमावली २०७४ को अनुसूचीमा मिति २०७८/०८/१५ मा भएको संशोधनबाट सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्रमा रहेको युवा तथा खेलकुद क्षेत्र हेर्ने गरी युवा तथा खेलकुद मन्त्रालय स्थापना भएको र श्रम तथा रोजगारको कार्यक्षेत्र श्रम रोजगार तथा यातायात मन्त्रालयमा तोकिएको थियो। त्यस पश्चात पुन संसोधनबाट सामाजिक विकास मन्त्रालयको कार्य जिम्मेवारीमा देहाय बमोजिमको कार्यक्षेत्र रहेको छ। मन्त्रालयले उपर्युक्त विषयहरूको प्रदेश स्तरीय नीति, कानुन ,योजना, निर्देशिका, कार्यविधि, मापदण्डहरूको निर्माण गरी कार्यान्वयन गरिरहेको छ।
सामाजिक विकास मन्त्रालयको प्रमुख कार्यक्षेत्र:-
१) शिक्षा
२) सामाजिक विकास (महिला,बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति लगायत)
३ ) विज्ञान प्रविधि
४) युवा तथा खेलकुद
५) गरिबी निवारण
Other ministries under Bagmati Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.