नेपालको संविधान बमोजिम राज्य संचालन संघ, प्रदेश र स्थानीय तहबाट हुनेगरी राज्यशक्त्तिको बाँडफाँड भए अनुसार राज्यको पुन:संरचना पश्चात हाल ७५३ स्थानीय तह, ७ प्रदेश र संघ रहेका छन् । नेपाल सरकारको मिति २०७४।१०।१० को निर्णयानुसार यस बागमती प्रदेशमा सातवटा मन्त्रालयहरु स्थापना भई कार्य सञ्चालन गर्ने मध्ये यो मन्त्रालय पनि एक हो । यस मन्त्रालयको कार्य क्षेत्र मुख्यतया शान्ति सुरक्षा, सूचना तथा संचार र प्रदेश स्तरका कानूनहरुको तर्जुमा गर्ने रहेको छ ।
शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउ, धन र स्वतन्त्रताको संरक्षण गर्दै समग्र प्रदेशको शान्ति सुरक्षा र सुव्यवस्था कायम राख्ने, नेपालको संविधान द्वारा प्रत्याभूत जनताको अभिव्यक्ति स्वतन्त्रता र सुसूचित हुन पाउने मौलिक हकको संरक्षण र सम्वर्धन गर्ने, पारदर्शिता तथा सुशासनको लागि सूचना प्रविधिमैत्री शासन ब्यवस्था संचालन गर्ने तथा प्रदेशको लागि आवश्यक पर्ने कानूनहरुको तर्जुमा, समसामयिक संशोधन, फैसला कार्यान्वयन गराई वास्तविक न्याय प्रदान गरी कानूनी राज्यको स्थापना गर्ने कार्यमा सहयोग पुर्याउने यस मन्त्रालयका मूलभूत उद्देश्यहरु रहेका छन् ।
दृष्टिकोण
नागरिक स्वतन्त्रताको उच्च सम्मान गर्दै सुरक्षित, शान्त एवं प्रविधिमैत्री प्रदेश ।
लक्ष्य
भरपर्दो शान्ति, सुरक्षा एवं सुव्यवस्था कायम गरी विधिको शासन एवं प्रविधिमैत्री वातावरण श्रृजना गरी शासकीय प्रवन्ध मिलाउनु यस मन्त्रालयको लक्ष्य रहेको छ।
उद्देश्य
Other ministries under Bagmati Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.