वि.सं. २०७२ असोज ३ मा नेपालको संविधान लागू भए पश्चात देशमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहेको छ। स्वीकृत कार्य विभाजन नियमावली अनुसार विभिन्न क्षेत्रहरुमा तीनवटै तहका सरकारहरुले गर्ने कार्य छुट्याइएको छ। सोही नियमावली बमोजिम यस बागमती प्रदेश अन्तर्गतका तेह्र जिल्लाहरुमा विभिन्न यातायात, भवन, आवास तथा शहरी विकास सम्वनधी भौतिक पूर्वाधार संरचनाहरुको योजना तर्जुमा, स्वीकृति सहित आवश्यक विभिन्न नीतिगत व्यवस्था तथा अध्ययन अनुसन्धानका कार्यहरु गर्न यस मन्त्रालयको स्थापना भएको छ। यसका अतिरिक्त योजना निर्माण, सञ्चालन तथा मर्मत सम्भार लगायतका कार्यहरु यस मन्त्रालय मातहतका कार्यालयहरुबाट हुने परिकल्पना गरिएको छ।
Other ministries under Bagmati Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.