Directory Home / Directory
Office of the Chief Minister and Council of Ministers, Madhesh
janakpurdham, Dhanusha
Government
Office Info
Address janakpurdham, Dhanusha
Phone 2 041-525338, 525733
Phone 3 041-527321, 527322
Toll Free No. 16604152843

नेपालको संविधान, २०७२ ले परिकल्पना गरे बमोजिम नेपालले पूर्ण संघीयताको ढाँचा अवलम्बन गरि संविधानको धारा ५६ बमोजिम ३ तहका सरकार गठन हुने व्यवस्था गरेको छ । केन्द्रमा संघीय सरकार, ७ वटा प्रदेश सरकार र ७५३ वटा स्थानीय तहका स्थानीय सरकारको व्यवस्था गरि सो को अधिकार, कर्त्तव्य र कार्य पद्धतिको समेत व्यवस्था नेपालको संविधान, २०७२ मा उल्लेख भएको छ ।

 

प्रदेश प्रमुखको नियुक्ति पश्चात प्रदेश सरकारको प्रमुख कार्यकारी निकायको रुपमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहने कानूनी व्यवस्था रहेको हुँदा मधेश प्रदेशमा पहिलोपल्ट वि.स. २०७४ फाल्गुन ३ गते मुख्यम्नत्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ७ सदस्यीय मन्त्रिपरिषद गठन भै कार्य प्रारम्भ भैसकेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायत अधिकांश सबै मन्त्रालयहरु प्रदेश सरकारको निर्णय अनुसार मधेश प्रदेशको स्थायी राजधानी जनकपुरमा रहेको जनकपुर चूरोट कम्पनी लिमिटेडभित्रका पुराना भवन मर्मत संभार गरि कार्य गरिरहेका छन् । २०७९ पुष २९, २०७९ माघ २० र २३ गते भएको पुर्नगठन पश्चात यस मधेश प्रदेशमा मुख्यमन्त्री लगायत मन्त्री र राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रिपरिषद्को गठन भएको छ ।

 

चुरोट कारखानाका पुराना घरहरु मर्मत गरि प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रीज्यूहरुको लागि आवास व्यवस्था गरिएको । सभामुख तथा उपसभामुखहरुको लागि प्रदेश सभा रहेकै स्थानका आवास समेतको व्यवस्था गरिएको ।

 


 

Other ministries under Madhesh Province

  1. Ministry of Law, Justice and Provincial Assembly Affairs, Madhesh
  2. Ministry of Energy, Irrigation and Water Supply, Madhesh
  3. Ministry of Sports and Social Welfare, Madhesh
  4. Ministry of Industry, Tourism and Forest, Madhesh
  5. Ministry of Health and Population, Madhesh
  6. Ministry of Land Management, Agriculture and Co-operatives, Madhesh
  7. Ministry of Home Affair, Communication and Law, Madhesh
  8. Ministry of Finance, Madhesh
  9. Ministry of Physical Infrastructure Development, Madhesh
  10. Ministry of Education and Culture, Madhesh
Suchanaa Logo

Gwarko, Lalitpur

9851402025

info@suchanaa.com

Quick Links

© 2025 Suchanaa. All Rights Reserved.