Ministry of Industry, Tourism and Forest, Madhesh Home / Directory
Ministry of Industry, Tourism and Forest, Madhesh
Government
Office Info
Address Not available

मुलुकमा औद्योगिक कृयाकलापहरुलाई प्रवर्द्धन गर्न तथा व्यापार व्यवसायका लागि अनुकुल वातावरण तयार गर्ने हेतुले नेपालका तत्कालिन प्रधानमन्त्री जुद्धसमशेर जंगबहादुर राणाबाट वि.सं. १९९३  सालमा उद्योग परिषद्को स्थापना भएको थियो । सोही वर्ष नेपालमा पहिलोपटक कम्पनी सम्बन्धी कानुन र औद्योगिक व्यवसायसँग सम्बन्धित कानुन लागु भएको र वि.सं. २०३८ सालमा उद्योग तथा वाणिज्य मन्त्रालयको स्थापना भएकोमा नेपालको संविधान (२०७२)ले मुलुकलाई संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट राज्यशक्तिको प्रयोग हुने गरी शासन संचालनको व्यवस्था भएको सन्दर्भमा संघीयता कार्यान्वयनका लागि संघ र स्थानीय बीच पुलको रुपमा  रहने उद्योग, वाणिज्य तथा पर्यटनसँग सम्बन्धित कार्यहरु गर्नका लागि यस क्षेत्रसँग सम्बन्धित घरेलु तथा साना उद्योग कार्यालयहरु (सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) ८ वटा जिल्लास्तरको कार्यालयहरु दरबन्दी सहित २०७५ सालमा तत्कालिन उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश, जनकपुरधामलाई लाई हस्तान्तरण भएकोमा यस अघि उद्योग, पर्यटन तथा वन मन्त्रालय, मधेश प्रदेश, जनकपुरधाम अन्तर्गत कार्य जिम्मेवारी सहित रहेकोमा मधेश प्रदेश सरकार (कार्यविभाजन) नियमावली २०७९ बमोजिम यस मन्त्रालयको स्थापना भएको हो ।

 

मधेश प्रदेशमा उद्योग तथा वाणिज्य क्षेत्रलाई सबल र सुदृढ तुल्याउँदै औद्योगिक वातावरण सिर्जना, लगानी प्रवर्द्धन, आन्तरिक तथा स्वदेशी उत्पादनलाई सहजीकरण र नियमन गर्दै उपभोक्ताको हकहित समेतलाई संरक्षण तथा प्रवर्द्धनका लागि नियमित बजार अनुगमन गरी बजार नियमन, साथै पर्यटकीय क्षेत्रको विकास तथा व्यवस्थापन सम्बन्धी नीति, कानुन, मापदण्ड र योजना निर्माण सहित पुर्वाधार विकास गर्ने उद्देश्य यस मन्त्रालयको रहेको छ ।

 


 

Other ministries under Madhesh Province

  1. Office of the Chief Minister and Council of Ministers, Madhesh
  2. Ministry of Law, Justice and Provincial Assembly Affairs, Madhesh
  3. Ministry of Energy, Irrigation and Water Supply, Madhesh
  4. Ministry of Sports and Social Welfare, Madhesh
  5. Ministry of Health and Population, Madhesh
  6. Ministry of Land Management, Agriculture and Co-operatives, Madhesh
  7. Ministry of Home Affair, Communication and Law, Madhesh
  8. Ministry of Finance, Madhesh
  9. Ministry of Physical Infrastructure Development, Madhesh
  10. Ministry of Education and Culture, Madhesh
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.