नेपालको संविधान २०७२ मा भएको व्यवस्था बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद) को मिति २०७७/१०/१० को निर्णयानुसार सात वटै प्रदेशमा ७/७ वटा मन्त्रालय स्थापना गर्ने निर्णय भए अनुसार यस मधेश प्रदेशमा पनि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय लगायत ६ वटा मन्त्रालयहरुको स्थापना भएको थियो । प्रदेशको राजधानी जनकपुरधाम स्थित जनकपुर चुरोट कारखाना लि. को पुरानो संरचनालाई मर्मत गरी ‘मधेश भवन’ नामाकरण गरीयो र समाजिक विकास मन्त्रालय लगायत सबै मन्त्रालयहरुले मधेश भवन परिसर बाट २०७४ साल फाल्गुन महिना देखि कार्य संचालन प्रारम्भ गर्यो।
प्रदेश सरकार (कार्यविभाजन) नियमावली, २०७८ अनुसार यस सामाजिक विकास मन्त्रालयको कार्यक्षेत्र अन्तर्गत मुख्यता शिक्षा, स्वास्थ्य, श्रम तथा रोजगार, भाषा, लिपि, संस्कृती, पुरातत्व, ललितकला लगायत समाजिक विकास सँग सम्बन्धीत कार्यहरु पर्दछ ।
मन्त्रालयले आफ्नो कार्यक्षेत्र अनुसारको कार्यसम्पादन गर्न प्रदेश स्तरीय र जिल्ला स्तरीय गरी ३७ वटा मातहतका निकायहरू मार्फत सेवा प्रवाह गरी रहेको छ । त्यस्तै मधेश प्रदेशको गौरव ‘मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको’ गठन भई संचालनमा आईसकेको छ, प्रादेशिक अस्पताल जनकपुरधामलाई प्रतिष्ठान अन्तरगत कायम गरी अस्पतालबाट प्रदान गरीने सेवामा गुणस्तर अभिवृद्धि गर्ने कार्य भएको छ । प्रदेश कृषि विश्वविद्यालय स्थापना भएको छ भने प्रदेश प्राविधिक विश्वविद्यालय स्थापनको चरणमा रहेको छ । प्रदेशको महत्वपूर्ण कार्यक्रम ‘मुख्यमन्त्री बेटी पढाँऊ, बेटी बचाँऊ’ अभियानलाई पनि यसै बर्षबाट मन्त्रालयले अघि बढाएको छ ।
Other ministries under Madhesh Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.