Ministry of Home Affair, Communication and Law, Madhesh Home / Directory
Ministry of Home Affair, Communication and Law, Madhesh
Government
Office Info
Address Not available
Fax 044-590841
Email 2 intlawpradesh2@gmail.com

 वि.स. 2062-63 को राजनैतिक परिवर्तन संगै 2063 साल माघ 1 गते देखि नेपालको अन्तरिम संविधान 2063 कार्यान्वयनमा आएको थियो । यो संविधान, संविधान सभा मार्फत नेपालको संविधान जारी नहुँदा सम्म अन्तरिम व्यवस्थापनका लागी कार्यान्वयनमा ल्याइएको थियो । अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार संविधान सभाले नेपालको संविधान 2072 साल आश्‍विन 3 गते जारी गरी कार्यान्वयनमा ल्याइएको थियो ।

 

      नेपालको संविधानको धारा 56(1) मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको हुने र 56(2) मा नेपालको राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले यस संविधान तथा कानून बमोजिम गर्ने छन भनी व्यवस्था गरिएको छ । त्यसैगरी संघ, प्रदेश र स्थानीय तहले प्रयोग गर्ने एकल अधिकार सुची र साझा अधिकारको सुचीको व्यवस्था गरी धारा ५७ मा राज्यशक्तिको वाडफाँड गरिएको छ । नेपालको संविधान कार्यान्वयनको प्रारम्भीक अवस्थामा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन सम्पन्‍न भई तीनै तहको सरकार गठन भई सकेको अवस्था छ ।

 

      संविधानमा भएको व्यवस्था बमोजिम नेपाल सरकार (मन्त्रिपरिषद) को मिति 2074/10/10 को निर्णयानुसार सात वटै प्रदेशमा 7/7 वटा मन्त्रालयको व्यवस्था गर्ने निर्णय भए बमोजिम यस प्रदेश नं. 2 मा पनि 7 वटा मन्त्रालय स्थापना भएका छन् । जस अनुसार आन्तरिक मामिला तथा कानून मन्त्रालयको स्थापना मिति 2074/10/18 मा धनुषा जिल्लाको जनकपुरधाम स्थित जनकपुर चुरोट कारखाना लिमिटेडको परिसरमा भएको थियो। प्रदेश सरकार (मन्त्रिपरिषद) को मिति 2075/07/09 को निर्णयानुसार यस ज.चु.का.लि. को परिसरलाई मधेश भवन परिसर नामाकरण गरिएको थियो ।

      प्रदेशमा शान्ति सुव्यवस्था र सुरक्षा कायम गरी जनताको जिउधन र स्वतन्त्रताको रक्षा गर्नु आन्तरिक प्रशासनको मुख्य उद्देश्‍य रहेको छ । आन्तरिक प्रशासनलाई सबल र सक्षम बनाई जनतामा सुरक्षाको अनुभुति दिलाउन र सेवा प्रवाहलाई प्रभावकारी बनाई सुशासन कायम गर्ने अभिभारा बोकेको यस मन्त्रालय अन्तरगत प्रदेश देखि स्थानीय तहसम्म मन्त्रालयलाई तोकीएको जिम्मेवारी कार्यान्वयन गर्ने संरचना/ निकायको अभावमा उद्देश्यानुसार कार्य गर्न सकेको अवस्था छैन ।

 

सोच

नेपालको संविधानद्वारा स्थापित संघीय, समानुपातिक समावेशी लोकतान्त्रिक शासन व्यवस्थाको मूल्य, मान्यता र सिद्धान्तको सम्मान तथा प्रभावकारी कार्यान्वयन मार्फत जनताको मौलिक हकको संरक्षण एवं शान्ति सुरक्षाको प्रदेश स्तरमा प्रत्याभुति हुनेछ ।

 

लक्ष्य

प्रदेशमा शान्ति, सुरक्षा र सुव्यवस्था एवं जनताको मौलिकहकको सुनिश्‍चतताको लागि प्रदेश सभा मार्फत आवश्यक कानुनको निर्माण गरी प्रदेश स्तरमा जनचाहना अनुसारको शान्ति सुरक्षा र सुव्यवस्था कायम गर्ने ।

 

उद्देश्य

1. कानुन अनुसार शान्ति, सुब्यवस्था, सुरक्षा तथा जनताको जिउधन र स्वतन्त्रताको रक्षाको व्यवस्थापन सँग सम्बन्धित कार्य गर्ने ।

2. आन्तरिक प्रशासनको व्यवस्थापन गर्न आवश्यक पर्ने जनहितकारी कानुन निर्माण गरी यसको प्रभावकारी कार्यान्वयन गर्ने र कानुनमा समय सापेक्ष परिमार्जन र संशोधनको लागि प्रदेश सभा मार्फत पहल गर्ने।

 


 

Other ministries under Madhesh Province

  1. Office of the Chief Minister and Council of Ministers, Madhesh
  2. Ministry of Law, Justice and Provincial Assembly Affairs, Madhesh
  3. Ministry of Energy, Irrigation and Water Supply, Madhesh
  4. Ministry of Sports and Social Welfare, Madhesh
  5. Ministry of Industry, Tourism and Forest, Madhesh
  6. Ministry of Health and Population, Madhesh
  7. Ministry of Land Management, Agriculture and Co-operatives, Madhesh
  8. Ministry of Finance, Madhesh
  9. Ministry of Physical Infrastructure Development, Madhesh
  10. Ministry of Education and Culture, Madhesh
Claim this Directory

Please log in to claim this directory.

Ratings & Reviews

0.0 (No reviews yet)
Please log in to leave a review.

No reviews yet. Be the first to rate this directory.

Discussion & Queries

Ask a question or share an update (e.g. number unavailable, changed address).

Please log in to join the discussion.

No comments yet. Be the first to start the discussion.