बागमती प्रदेश सरकारको मिति २०७८/०८/१५ को निर्णयानुसार श्रम, रोजगार तथा यातायात मन्त्रालयको स्थापना भएको हो । यस मन्त्रालयको मुख्य कामहरुमा प्रदेशस्तरको यातायातसम्वन्धी नीति, कानून, मापदण्ड तथा योजना तर्जुमा, प्रदेशभित्रको सवारी दर्ता र नवीकरण, चालक अनुमति र नवीकरण, प्रदेशभित्र सार्वजनिक यातायातको रुट अनुमति, मापदण्ड, गुणस्तर र भाडा दर समायोजन तथा निर्धारण सम्वन्धी कार्य, प्रदेश तहमा यातायात सुरक्षा र सवारी प्रदूषण नियन्त्रण सम्वन्धी योजना निर्माण र कार्यान्वयन, श्रम तथा रोजगार प्रवर्द्धन सम्वन्धी प्रादेशिक नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन, श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन एवम् रोजगार प्रवर्द्धन सम्वन्धी प्रादेशिक नीति, कानून, मापदण्ड र नियमन सम्वन्धी कार्य, औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण सम्वन्धी कार्य, कार्यस्थल सुरक्षा लगायतका कामहरु पर्दछन्। मन्त्रालयले आफ्नो कार्यसम्पादन ९ वटा यातायात व्यवस्था कार्यालय, २ वटा यातायात व्यवस्था सेवा कार्यालयबाट सम्पादन हुँदै आएका छन् । मन्त्रालयमा ३५ जना र मातहत कार्यालयमा ३६४ जना जनशक्ति रहनेगरी जम्मा ३९९ जनाको दरवन्दी संरचना रहेको छ।
Other ministries under Bagmati Province
Please log in to claim this directory.
No reviews yet. Be the first to rate this directory.
© 2026 Suchanaa. All Rights Reserved.
Discussion & Queries
Ask a question or share an update (e.g. number unavailable, changed address).
No comments yet. Be the first to start the discussion.